दुर्घटनामा परि गम्भिर घाइते संचारकर्मी मनिषाको मृत्यु



दुर्घटनामा परि गम्भिर घाइते संचारकर्मी मनिषाको मृत्यु

तुलसीपुर १ मंसीर । सवारी दुर्घटनामा  गम्भिर घाइते भएकी संचारकर्मी तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निबासी २२ बर्षकी मनिषा लामीछानेको मृत्यु भएको छ ।

मनिषाको उपचारको क्रममा कोहलपुरमा साढे चार बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । तुलसीपुरको गुल्मजाने चोकमा दिउसो साढे एक बजे रा १ प६७२१ नम्बरको मोटरसाईकललाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामीछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए । मनिषा रेडियो हाम्रो पहुँच एफएममा प्राविधिक साहयकका रुपमा कार्यरत थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे