दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जना घाइते, संचारकर्मी मनिषाको अवस्था गम्भिर



दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जना घाइते, संचारकर्मी मनिषाको अवस्था गम्भिर

दाङ १ मंसीर । दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनमा परि एक जना संचारकर्मी सहित ५ जना घाइते भएका छन् । घाइते मध्य तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निबासी २२ बर्षकी मनिषा लामीछानेको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बिजौरीबाट रेडियो हाम्रो पहुँच एफएम तर्फ आउँदै गरेको रा१प६७२१ नम्बरको मोटरसाईकललाई तुलसीपुरको गुल्मजाने चोकमा लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामीछाने र उनकी बहिनी मनिषा घाइते भएका हुन् । घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारकालागि कोहलपुर लगिएको छ । मनिषा रेडियो हाम्रो पहुँचमा दुई बजेको डिउटी भेटाउन आउँदै थिइन् ।

त्यसैगरी तुलसीपुरको मजगाउँमा अनटेष्ट मोटरसाईकलले ठक्कर दिदा ३ जना बालक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका१८ हेमन्तपुर निबासी १२ बर्षका अजिन नेपाली, तुलसीपुर–६ गाइडर निबासी १३ बर्षका सनु नेपाली र मजागाउँ निबासी १० बर्षका अजम नेपाली घाइते भएका छन् । उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे