दाङमा चार महिनाकाे अबधिमा ४४ जना फरार अभियुक्त पक्राउ 



दाङमा चार महिनाकाे अबधिमा ४४ जना फरार अभियुक्त पक्राउ 

दाङ २६ कार्तिक । दाङमा चार महिनाकाे अबधिमा विभिन्न मुद्दामा फरार रहेका ४४ जना अभियुक्त पक्राउ परेका छन्। साउन १ गतेदेखि कार्तिक २५ गते सम्ममा जिल्ला प्रहरी कार्यालय दाङले अदालतले दोषी ठहर गर्दै सजाय तोकिएका मध्ये ४४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सबै भन्दा धेरै चोरी मद्दामा फरार रहेका १० जना रहेका छन् । त्यस्तै कर्तब्य ज्यान मुद्दाका ७, ज्यान मार्ने उद्योग र सवारी ज्यान मुद्दाका दुई/दुई जना, जबरजस्ति करणीका ५ जना, मानव बेचविखनका १, लागु औषधका दुई, बहु विवाहका २, लेनदेन मुद्दाका २, बन सम्बन्धिका २ र सार्वजनिक शान्ति विरुद्धको कसूरमा ६ जना पक्राउ परेका छन्।

जिल्ला प्रहारी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत सुमित खड्का अनुसार पक्राउ परेका ४४ जनाबाट ३ लाख ८१ हजार ९ सय ६६ रुपैया जरिवाना असुल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे