दाङको कटकुँइयामा मोटरसाइकल बसमा ठोक्किँदा एक जनाको मृत्यु



दाङको कटकुँइयामा मोटरसाइकल बसमा ठोक्किँदा एक जनाको मृत्यु

दाङ २६ कात्तिक / बसमा मोटरसाइकल ठोक्किँदा बबई गाउँपालिका वडा नं. ६ कटकुँइयाका ४६ बर्षिय चित्रबहादुर डाँगीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार दुर्घटनामा परि गम्भीर घाईते भएका मोटरसाइकल चालक डाँगीको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

बबई गाउँपालिका ६ कटकुँइयाका देखि तुलसीपुरतर्फ आउँदै गरेको ना ३ ख ६३१० नम्बरको यात्रुबहाक बसमा सोही दिशातर्फ आउँदै गरेको रा ४ प ४८६ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

बुधबार विहान साढे ९ बजेतिर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय मानबहादुर देवकोटा घाइते भएको प्रहरीले बताएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि कोहलपुर रेफर गरिएको छ । बस र चालकलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे