मौरीघाट दुर्घटनाका तीन जना मृतक मध्ये १ जनाको सनाखत



मौरीघाट दुर्घटनाका तीन जना मृतक मध्ये १ जनाको सनाखत

ओमप्रकाश गुप्ता, भालुवाङ २५ कार्तिक ।

देउखुरीको मौरीघाटमा ट्रक र मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा परी मृत्यु भएका ३ जना मध्ये एक जनाको सनाखत भएको छ । सनाखत हुनेमा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँका टुकलाल गाहाका छोरा अन्दाजी बर्ष २० का मनोज गाहा रहेको राप्ती गाउँपालिका ४ नम्बर वडा वडाध्यक्ष बिष्णुुबहादुर जिसीले जानकारी दिएका छन् ।

मृतक मध्ये अरू दुई जनाको भने अझै सनाखत हुन सकेको छैन । मंगलवार लमही भालुवाङ सडक खण्ड अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट जनकपुरमा राती ७ ः२५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ गइरहेको रा ५ प ६७३३ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्बतर्फ गइरहेको ना ६ त ३३४४ नम्बरको ट्रक एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार ३ जनाको घटनस्थलमै मृत्यु भएको थियो ।

मृतक तिनै जनाको शवलाई पोष्टमार्टमका लागि अहिले लमही अस्पतालमा राखिएको छ । घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे