भालुवाङबाट जंगली बँदेल सहित दुई व्यक्ति पक्राउ



भालुवाङबाट जंगली बँदेल सहित दुई व्यक्ति पक्राउ

भालुवाङ  २५ कात्तिक । डिभिजन वन कार्यालय देउखुरीले वन्यजन्तु सहित दुई व्यक्तिलाइ पक्राउ गरेको छ । वन्यजन्तु ओसारपसार गर्दै गर्दा दुईजना व्यक्तिलाई पक्राउ गरिएको कार्यालयका प्रमुख बेसिन्द्रराज सुबेदीले जानकारी दिएका छन् । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक स्थित पूर्वपश्चिम राजमार्गबाट लु १ च ९९९४ नम्बरको पिकअप गाडीमा बन्यजन्तु राखेर लैजादै गर्दा उनीहरुलाइ पक्राउ गरिएको हो ।

प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ८ निवासी ठगेन्द्रबहादुर डाँगि र चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ५ रहटोल निवासी दलबहादुर सारू रहेका छन् । जिपको पछाडि ढालामा अन्दाजी पैतिस किलोका दुईवटा जंगली बँदेल बोरामा हालेर लैजादै गर्दा पक्राउ गरेको डिभिजन वन कार्यालय देउखुरीले जानकारी दिएको छ ।

बरामद गरिएको दुईवटा जंगली बँदेल बाँके राष्ट्रिय निकुञ्जमा छाड्ने तयारी भइरहेको गरिएको छ । पक्राउ परेका जिप सहित दुई जनालाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय देउखुरी, दाङको हिरासत घोराहीमा राखिएको छ । पक्राउ गरेका व्यक्ति माथि थप अनुसन्धान भैरहेको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे