कांग्रेस दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि ४ नेताको नाम सिफारिस



कांग्रेस दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि ४ नेताको नाम सिफारिस

दाङ १६ भदाै। नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ देउखुरीले आगामी प्रतिनिधि सभाको चुनाबका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।

बिहिवार क्षेत्रिय सभापती भेषराज पाण्डेयको सभापतित्वमा सम्पन्न बैठकले ४ जनाको नाम सिफारिस गरेको हो । प्रतिनिधि सभाको चुनाबका लागि प्रत्यक्ष तर्फ ४ र समानुपातिक तर्फ ७ जनाको नाम सिफारिसमा परेको हो ।

प्रत्यक्षतर्फ कृष्ण किशोर घिमिरे, योगेन्द्र चौधरी,  प्रदिप थापा र अनुराग खड्काको नाम सिफारिस भएको क्षेत्रिय प्रबक्ता अजय न्यौपानेले जानकारी दिए । सिफारिसमा परेका घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनी पार्टी भित्र एक अब्बल नेताका रुपमा परिचित छन् । लामो समयदेखी कांग्रेसको सक्रिय राजनितीमा रहेका उनी रामपुरबासी हुन । त्यस्तै अर्का सिफारिसमा परेका चौधरी पनि कांग्रेसको केन्द्रीय सदस्य हुन् । कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनी पुर्ब सांसद समेत हुन् । उनी गढवाको गाेवरडिहाबासी हुन् ।

त्यस्तै अर्का प्रदिप थापा पनि कांग्रेसको राजनीतिमा कम त छैनन् । बिगत धेरै बर्ष पहिले देखि कांग्रेसको राजनीतिमा सक्रिय रहेकाले उनको नाम पनि सिफारिसमा परेको हो । उनी गढवाबासी हुन् । उनी जस्तै सिफारिसमा परेका अनुराग खड्का भर्खरै कांग्रेसको राजनितीमा सक्रिय हुँदै गरेका युवा नेता हुन् । उनी स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुन् । बिदेशको पढाइ सकेर खड्का नेपालको राजनितीमा उदाउँदै छन् । यिनै अनुहार मध्यबाट एक जना प्रतिनिधि सभाको उम्मेद्वार हुने छन् ।

त्यस्तै समानुपातिक तर्फ शुसिला चौधरी,आत्माराम भट्टराई, खड्कबहादुर सुनार, द्रोण भुसाल,गोबिन्द रेग्मी, रामप्रसाद चौधरी र जमिर शाहको नाम सिफारिसमा परेको छ । यी अनुहार पनि कांग्रेसको राजनीतिमा अब्बल नै मानिन्छन । यी मध्य शुसिला चौधरी पुर्ब संविधान सभा सदस्य समेत हुन् । यो भन्दा अघि प्रदेश सदस्य चुनाबका लागि नेताहरुको नाम सिफारिस भईसकेको छ । उनीहरुको नाम बिहिवारकै बैठकले राय सुझाब सहित जिल्लामा पठाईएको प्रबक्ता अजय न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे