कांग्रेस दाङ क्षेत्र नम्बर १ “क” बाट पाण्डे, सुवेदी र चौधरीको उम्मेदवारी घोषणा



कांग्रेस दाङ क्षेत्र नम्बर १ “क” बाट पाण्डे, सुवेदी र चौधरीको उम्मेदवारी घोषणा

दाङ १५ भदाै । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश “क” ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस कार्य शुरु गरेको छ । प्रदेश “क” बाट भेषराज पाण्डे, नुमानन्द सुवेदी र लक्ष्मण चौधरीले उम्मेदवारी घोषणा गरेका छन् ।

पाण्डे भर्खरै सम्पन्न भएको कांग्रेसको १४ औं महाधिवेशनका बेला दाङ क्षेत्रमा नम्बर २ को सभापतिमा निर्वाचित भएका हुन् । क्षेत्रीय सभापतिमा निर्वाचित भएको यो दोस्रो पटक हो । पन्चायत काल देखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका पाण्डे विद्यार्थी संगठनको राजनीतिमा पनि लामो समय काम गरेका युवा नेता हुन् । पाण्डे पुर्व जिल्ला सदस्य पनि हुन् ।

त्यस्तै सुवेदी २०७४ को स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । शिक्षण पेशामा आवद्ध भएका सुबेदी शिक्षकको राजनीतिबाट उदायका भद्र शालिन व्यक्तिका रुपमा चिनिन्छन् । प्रत्येक्ष तर्फ उम्मेदवारी घोषणा गर्ने लक्ष्मण चौधरी सहिद पुत्र हुन् । नेपाली काङ्ग्रेसका नेता स्वर्गीय श्रीनारायण चौधरीका छोरा चौधरी नेपाली कांग्रेस दाङ जिल्लाका पुर्व जिल्ला सदस्य पनि हुन् ।

त्यस्तै समानुपातिक तर्फ यशाेदा चौधरी, अनुराग यादवले उम्मेदवारी घोषणा गरेका छन् । चौधरी १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि बनेकी छन् । भने यादव पुर्व क्षेत्रीय सभापति, पुर्व महासमिती सदस्य र वर्तमान महाधिवेशन प्रतिनिधि हुन् । प्रत्यक्ष तर्फ प्रदीपराज शर्मा, समानुपातिक तर्फ श्रीपत चौधरी र लोकराज केसीको नाम पनि राय तथा सुझाबका रुपमा राखिएको प्रदेश सचिब माधव सापकोटाले जानकारी दिए ।

प्रदीपराज शर्मा विद्यार्थी संगठनको राजनीति गरेका युवा नेता हुन् । त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति समेत रहि सकेका शर्मा पुर्व महासमिती सदस्य र वर्तमान महाधिवेशन प्रतिनिधि हुन् । लोकराज केसी २०७४ को स्थानीय निर्वाचनमा राजपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए र हाल उनी नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रदेश प्रतिनिधि पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे