LISTEN LIVE RADIO

कालिका सामुदायिक वन लालमटियाको सार्वजनिक सुनुवाई



कालिका सामुदायिक वन लालमटियाको सार्वजनिक सुनुवाई

लालमटिया २१ साउन । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको कालिका सामुदायिक वन उपभोक्ता समूहको १३ औं सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार लालमटियामा सम्पन्न भएको छ ।

समूहका अध्यक्ष बेदुलाल सुबेदीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर २ का वडा सदस्य टेकबहादुर रावतको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावतले सवै मिलाएर बन जोगाउन आबस्यक रहेको बताउँदै वनले बनाएको नियमलाई सवैले पालना गर्न आग्रह गरेका छन् ।

हालै गठन भएको उपभोक्ता समूहका पदाधिकारीहरुले सामुदायिक वन समुहमा भए गरेका कार्यहरुबारे आम उपभोक्ताहरुलाई जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको समूहका अध्यक्ष बेदुलाल सुबेदीले बताएका छन् ।

कार्यक्रममा बिभिन्न उपभोक्ता तथा बुद्धिजीवीहरूले बिभिन्न सुझाव समेत दिएका थिए । कार्यक्रमा आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष लोकमाया तामाङ र पसु बृद्धाआश्रम तथा गिद्व संरक्षणको प्रतिवेदन संयोजक यमबहादुर रोका मगरले प्रस्तुत गरेका थिए ।

कार्यक्रमा राप्ती सब डिभिजन वन कार्यालयका फरेसटर बहादुर केसी, वन महासंघका केन्द्रीय सदस्य डिलाराम पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र वन उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

समूहकी सदस्य अन्जना कुमालको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समुहकी सचिव शिला पौडेलले गरेकी थिइन् । भने कार्यक्रमको सहजीकरण नर्ती सहकारी संस्थाका ब्यबस्थापक जिबलाल खनाल गरेका थिए । यो समाचार प्रशिक्षार्थी पत्रकार लालमणी भुसालले पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे