स्थानीय सरकारको निर्देशनलाई अटेरी गरि अर्नहवा पुलमुनी पक्की ड्याम निर्माण गरिदै



स्थानीय सरकारको निर्देशनलाई अटेरी गरि अर्नहवा पुलमुनी पक्की ड्याम निर्माण गरिदै

लमही १० साउन । लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा पुल मुनि खाेलै थुनिने गरि पक्की ड्याम्म निर्माण कार्य तत्काल राेक्न दिएको निर्देशनलाई एक स्थानीयले अटेरी गरेका छन् ।

आइतबार लमही नगरपालिकाकी उपप्रखुम लक्ष्मी याेगीले दिएको निर्देशनलाई लमही नगरपालिका ५ निवासी प्रल्लाद केसीले अटेरी गरेर निर्माणकार्य जारी राखेका छन् ।

काम राेकिएला भनेकाे त झन कामदार थप गरेर कार्य द्रुत गतिका साथ अगाडि बढाएकाे पाइएकाे छ । निर्देशन टेरेका छैनन् भने काम पनि राेकिएकाे छैन । मंगलबार झन कामदार थपेर धमाधम कार्य गरिराखेकाे पाइएकाे छ । आइतबार पक्की ड्याम्मकाे स्थलगत अनुगमनपछि उपप्रमुख योगीले यस्ताे निर्देशन दिएकी हुन् ।

यसै बीच लमही नगरपालिकाले अनुगमन समेत गरेको छ ।अनुगमन टाेलीमा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी याेगी, लमही ५ का वडा सदस्य तथा न्यायीक समितिका सदस्य केशब अधिकारी सहितकाे टाेलीले उक्त ठाउँको स्थलगत अनुगमन गरेको थियाे ।

उनी संग रकमकाे बलमा खाेलै थुनिने गरि दश दिन पहिले देखि निर्माणकार्य गरिरहेकाे पक्की ड्याम राेक्न याेगीले निर्देशन दिनु भएको थियाे । साथै उनले उक्त कार्य गैरकानुनी हाे तपाईंले तुरुन्तै राेक्नुस, अब उपरान्त एक इन्च पनि माथि वाल लगाइएको पाइएमा राम्रो हुने छैन भनेर जवाफ दिए पनि केसीले टेरेका छैनन् । अब हामी उक्त बिषयमा मेयर साब आए पछि कुरा गरेर कडा रुपमा प्रस्तुत हुने तयारी छ । उपप्रमुख प्रमुख याेगीले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे