लमही खानेपानीद्वारा १ हप्तामै आठ लाख बक्यौता रकम असुली



लमही खानेपानीद्वारा १ हप्तामै आठ लाख बक्यौता रकम असुली

लमही १० साउन । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले १ हप्तामै आठ लाख रुपैयाँ बाँकी बक्यौता रकम असुली गरेको जनाएको छ ।

संस्थामा १ बर्षमा मात्रा कुल १३ लाख रुपैयाँ बक्यौता रकम उठन बाँकी रहेकाे थियो । संस्थाकाे बार्षिक कार्यक्रम अन्तरगत १ महिने अभियान अहिले पनि जारी रहेकाे छ । संस्थाका पाँच जना कर्मचारी परिचालन गरेर बाँकी बक्यौता रकम असुली कार्य जारी रहेको संस्थाका अध्यक्ष जंगबहादुर चाैधरीले जानकारी दिएका छन् ।

संस्थाकाे अन्य कार्य गर्न छाडेर उक्त अभियानमा कडाई गरिएको छ, अध्यक्ष चाैधरीले भने । उन अनुसार धेरै ब्यक्तिगत उपभोक्ताहरु बढि रहेका छन् । जसमाा २/४ जना उपभोक्ताहरु ३४ महिने देखि पचास महिने पनि छन् । बाँकी बक्यौता रकम रहेका उपभोक्ताहरुकाे मिटर जफत गरेर कार्यालयमा लिएर आएपछि यस्ताे रकम असुल उपर भएको हाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे