नामसालिङ सामुदायिक विकास केन्द्रद्वारा किसानलाई फलफूलको बेर्ना वितरण



नामसालिङ सामुदायिक विकास केन्द्रद्वारा किसानलाई फलफूलको बेर्ना वितरण

भालुवाङ १० साउन । राप्ती गाउँपालिकाका विभिन्न वडा तथा समुदायहरुमा घर बगैंचा कार्यक्रम अन्तर्गत बहुवर्षीय फलफूलको बेर्ना वितरण गरिएको छ।

नामसालिङ सामुदायिक विकास केन्द्रले राप्ती गाउँपालिका सँगको समन्वय तथा विकास कोष नर्वेको आर्थिक सहयोगमा राप्ती गाउँपालिकामा संचालित एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत गाउँपालिकामा आफ्नो कार्यक्षेत्र पर्ने विभिन्न समुदायमा गठित कृषक समूहका सदस्यहरूलाई उनीहरूको खाद्य तथा पोषण सुरक्षामा सहयोग पुर्याउने उद्येश्यले घरबगैचा स्थापना गर्नकालागि विभिन्न जातका बहुवर्षीय फलफूलका बिरुवा अनुदानमा वितरण गरेको छ।

स्थानीय हावापानीमा अनुकूल विभिन्न जातका आप, लिची तथा कागती गरी जम्मा ६ सय बिरुवा स्थानीय कृषकलाई वितरण गरिएको नाम्सालिङका कार्यक्रम संयोजक शशांकबाबु आचार्यले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे