पिपरखुट्टीकाे एक गाेठमा आगलागी, ५० हजार बढीकाे क्षति



पिपरखुट्टीकाे एक गाेठमा आगलागी, ५० हजार बढीकाे क्षति

माैरीघाट ३२ असार । देउखुरीकाे राप्ती गाउँपालिका-४, पिपरखुट्टीकी छमा पन्थीकाे गाेठमा आगलागी भएकाे छ । आज शनिबार दिउँसाे करिब ४ बजेकाे समयमा केटाकेटीले लाइटर खेलाउने क्रममा आगलागी भएकाे पिडित पन्थीले देउखुरी टुडेलाई भनिन् ।

आगाे लाग्ने बित्तिकै पशुचाैपायालाई भने तत्काल उद्धार गरिएकाेले पशुचाैपायालाई केही नभएकाे बताईएकाे छ । आगलागीबाट गाेठ जलेर पूर्ण रूपमा खरानी हुँदा करिब ५० हजार बढीकाे क्षति भएकाे पिडित पन्थीले बताएकी छिन् । आगाे लाग्ने बित्तिकै स्थानीयबासीहरूकाे सक्रियतामा करिब २० मिनेट पछि आगाे नियन्त्रणमा आएकाे त्यहाँबाट प्रशिक्षार्थी पत्रकारद्वय सपना रिजाल र संगिता भण्डारीले खबर पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे