LISTEN LIVE RADIO

दाङकाे दंगीशरणमा ४८ करोड ९ लाख बढीकाे बजेट पारित



दाङकाे दंगीशरणमा ४८ करोड ९ लाख बढीकाे बजेट पारित

दंगीशरण,
३२-असार/ दंगीशरण गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि बहुमतले पारित गरेको छ । गएको असार १० गते प्रस्तुत गरेको बजेट गाउँसभाको तेस्रो बैठकले बजेट पारित गरेको हो । आगामी आर्थिक वर्ष २०७९/८० मा दंगीशरण गाउँपालिकाको कूल बजेट ४८ करोड ९ लाख ३९ हजार तिन सय रुपैयाको बजेट पारित भएको हो ।

कुल बजेट ४८ करोड ९ लाख ३९ हजार तिन सय मध्ये चालु तर्फ २१ करोड ६१ लाख ४३ हजार र बिकास खर्च तर्फ २६ करोड ४७ लाख ९६ हजार ३ सय बजेट विनियोजन गरेको छ । अर्थात पुजिगत तर्फ ५५ प्रतिशत र चालु तर्फ ४५५ प्रतिशत रहेको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारबाट प्राप्त हुने समाणीकरण अनुदान १० करोड ४९ लाख, शशर्त अनुदान चालू तर्फ १२ करोड ८५ लाख, शशर्त अनुदान पुँजीगत तर्फ ४ करोड ३७ लाख, राजश्व बाँडफाँड बापतको ८ करोड १८ लाख ३८ हजार गरि कुल ३५ करोड ८९ लाख ३८ हजार बजेट प्राप्त भएको छ ।

यस्तै प्रदेश सरकारबाट समाणीकरण अनुदान ५६ लाख २४ हजार, राजश्व बाँडफाँड बापत ५२ लाख ७८ हजार, समपूरक अनुदान १ करोड ५० लाख, विषेश अनुदान ६० लाख, शशर्त अनुदान चालु तर्फ ६० लाख पुजिगत तर्फ ९५ लाख गरि कुल ४ करोड ७४ लाख २ हजार बजेट प्राप्त भएको छ । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाको आन्तरिक आम्दानी १ करोड ३५ लाख हुने प्रक्षेपण गरिएको छ । संघीय सरकारबाट प्राप्त बजेट, प्रदेश सरकारबाट प्राप्त बजेट र गाउँपालिकाको आन्तरिक आम्दानी गरि आर्थिक वर्ष २०७९/८० मा जम्मा रु ४१ करोड ९८ लाख ४० हजार रुपैया प्राप्त भएको छ । निर्धारित बजेटको आकारमा अपुग हुने रकम रु ६ करोड १० लाख ९९ हजार तिन सय गाउपालिकाको गत बर्षको बैन्क मौज्दात तथा बचत हुने रकम बाट बेहोर्ने गरि कुल ४८ करोड ९ लाख ३९ हजार तिन सय प्रक्षेपण गरिएको छ ।

संविधानतस् ७५३ वटा स्थानीय तहहरुले नै असार १० गतेभित्र आगामी आर्थिक वर्षको अनुमानित आय व्ययसहितको वित्तीय खाका(बजेट) ल्याउनुपर्ने प्रावधान रहेको छ । विनियोजन कार्यक्रमको अध्यक्षता दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले गरेका थिए । कार्यक्रममा ७ वटै वडाका वडाध्यक्ष, गाउँकार्य पालिकाका सदस्य, वडा सदस्य, महिला सदस्य, गाउँपालिकामा विभिन्न शाखामा कार्यरत कर्मचारिहरुको सहभागिता रहेको थियो । बजेट सार्वजनिक कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले गरेका थिए । यसैबिच गाउँशभाको तेस्रो बैठकले ९ वटा बिषय बहुमतले पारित गरेको छ ।

गाउँशभामा प्रस्तुत बिषय अन्तर्गत न्यायिक समिति गठन ,बिधायन समिति गठन ,लेखा समिति गठन , योजना तथा स्थानिय तहको भौतिक पुर्वाधार यातायात शुसासन समिति गठन ,दंगीशरण कृषि तथा पशु उद्यमशिल विकास परियोजना,३ न वडा कार्यालयको प्रशासनिक भबन सम्बन्धमा ,र आर्थिक बर्ष ७९/८० बजेट पारित गर्ने सम्बन्धमा पारित गरियोस भन्ने शभाअध्यक्षको प्रस्तावलाइ बहुमतले पारित गरेको हो । दंगीशरण गाउँपालिकाको बार्शिक बजेट ७९/८० को बजेटले शिक्षा , स्वास्थ्य र कृषिलाइ विशेष प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष शम्भु गिरिले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे