दलित छुवाछूत मुक्त पालिका बनाउन अध्यक्ष बिष्टकाे आग्रह



दलित छुवाछूत मुक्त पालिका बनाउन अध्यक्ष बिष्टकाे आग्रह

लालमटिया ३२ असार । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले अहिलेकाे बैज्ञानिक युगमा पनि छुवाछुत अत्यन्त हुन नसक्नु लज्जास्पद बताउँदै उनले अब पालिकालाई नै दलित छुवाछुत पालिका बनाउने अभियान चलाउन आग्रह गरेका छन्। देउखुरीकाे मसुरियामा आयाेजित राप्ती गाउँपालिका स्तरीय दलित सञ्जालको ९ औ साधारणसभा तथा सावजनिक सुनुवाईलाई उद्घाटन गर्दै अध्यक्ष बिष्टले यस्ताे आग्रह गरेका हुन्।

उनले पछिल्लाे समय दलित समुदायहरूकाे परम्परागत पेसा लाेभ हुँदै जान थालेकाेमा चिन्ता व्यक्त गरे । उनले दलित समुदायकाे पहिचान झल्काउने पेसा नै जाेखिममा परेकाे भन्दै पुरानाे पेसालाई अहिलेका नयाँले पुस्ताले प्रबन्धन गर्दै लैजानु पर्ने बताउनु भएकाे छ । उनले आफु दलित समुदाय नभई सिँगाे मानव समुदाय साेचेर अघि बढ्न आग्रह गरे । अध्यक्ष बिष्टले दलित समुदायहरू अब बिभिन्न पार्टीमा बिभाजन नभई दलित समुदायकाे उथान तर्फ लाग्नपर्ने सुझाब समेत दिए । साथै उनले दलित समुदायका नाम बिनियाेजन भएका बजेटकाे सही सदुपयाेग गरी दलित समुदायलाई आत्मानिर्भर बनाउन सिपमूलक कार्यमा खर्च गर्न आग्रह गरे ।

सञ्जालका अध्यक्ष नारायण परियार अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी र राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुबेदीको बिशिष्ट आतिथ्यता भएकाे कार्यक्रममा सञ्जालका विभिन्न कृयाकलापमा सहयाेग गरेकाे भन्दै करिब एक दर्जनलाई सम्मान समेत गरेकाे छ । यसरी सम्मानित हुनेहरूमा राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुबेदी, संजालका पूर्व अध्यक्षहरू डबल परियार, ठग्रेद्र परियार, खड्कबहादुर परिवार, सिरिबहादुर परियार, संजिव परियार, दुर्गा बिक, दलित संघ गाउँपालिका सभापति अमृता परियार र संजालका ८ नम्बर वडाध्यक्ष शंकरबहादुर बिकलाई समेत सम्मान-पत्रले सम्मान गरिएकाे छ ।

संजालका सह-सचिव पदम परियारकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कायक्रममा श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय सदस्य सुरज परियार, दलित मुक्ति मोर्चा नेपालका प्रदेश सदस्य रंगबहादुर सुनार, जातिय समता समाज नेपालकी प्रदेश सदस्य शान्ति सुनार, संजालका पूर्व अध्यक्षहरू ठगेन्द्र परियार, सिरीबहादुर परियार र संजिव परियार लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे संञ्चालन संजालका सचिव अनिल परिवारले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे