पछिल्लाे २४ घण्टामा देशभर थप २०५ जनामा कोरोना पुष्टि



पछिल्लाे २४ घण्टामा देशभर थप २०५ जनामा कोरोना पुष्टि

काठमाडौं ३२ असार । पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ९० परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १९९ पीसीआर परीक्षणमा १५२ जना र एक हजार ८९१ एन्टिजेन परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ रहेको छ । शनिबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ । संक्रमितमध्ये एक हजार ३४४ जना होम आइसोलेसनमा छन् भने ४१ जना संथगत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १७ जना आईसीयूमा छन् भने एक जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रदेश अनुसार सबैभन्दा धेरै कोरोना संक्रमित बागमती प्रदेशमा छन् । बागमतीमा एक हजार ५२, प्रदेश १ मा ७१, मधेशमा ६८, गण्डकीमा ६०, लुम्बिनीमा ४५, सुदूरपश्चिममा ३६ र कर्णालीमा १२ जजना संक्रमित होम आइसोलेसनमा छन् । बागमतीमा ३४ जना, प्रदेश १ मा ५, मधेश र लुम्बिनीमा १/१ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे