सल्यानको एक कृषि सहकारीका प्रबन्धक ३५ लाख रुपैयाँ हिनामिना गरी बेपत्ता



सल्यानको एक कृषि सहकारीका प्रबन्धक ३५ लाख रुपैयाँ हिनामिना गरी बेपत्ता

 घोराही १६ असार । सल्यानको एक कृषि सहकारीका प्रबन्धक ३५ लाख रुपैयाँ हिनामिना गरी बेपत्ता भएका छन् । दार्मा गाउँपालिका ४ रातामाटामा रहेको भल्चौर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक हेमन्त ओली उक्त सहकारीको पैसा हिनामिना गरी बेपत्ता भएका हुन् ।

सहकारीका अध्यक्ष हरिकला मल्लले एक सूचना जारी गर्दै ओलीलाई उपस्थित भएर हिसाबकिताब बुझाउन आग्रह गरे । सम्पर्क विहीन भएको भन्दै इलाका प्रहरी कार्यालय फारुलामा पनि उजुरी दिएको उनको भनाई छ । गत जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकमा ओलीले पैसा हिनामिना गरेको स्वीकारेको र जेठ ३० गते उक्त रकम बुझाउने प्रतिबद्धता जाहेर गरेका थिए । तर भोलिपल्टदेखि सम्पर्क विहीन भएको अध्यक्ष हरिकलाले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे