जनज्योति माविमा प्रधानाध्यापकको मनोमानी, सरकारी स्कुलमा नियम मिचेर बिज्ञापन नै नगरी शिक्षक भर्ना



जनज्योति माविमा प्रधानाध्यापकको मनोमानी, सरकारी स्कुलमा नियम मिचेर बिज्ञापन नै नगरी शिक्षक भर्ना

टोपेन्द्र खनाल, राजपुर १८ कार्तिक ।

देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ स्थित जनज्योति माध्यमिक विद्यालय मटेरियाका प्रधानाध्यापकको मनोमानी ढंग विद्यालय सञ्चालन गरेको तथ्य फेला परेको छ । विद्यालयका प्रधानाध्यापक केशवराम यादवले प्रक्रिया मिचेर मनोमानी ढङ्गले बिज्ञापन नै नखोली ४ जना शिक्षकहरु भर्ना गरेको तथ्य फेला परेको हो ।

बिद्यालय ब्यबस्थापन समितीको म्याद २०७६ साल मंसिरमा समाप्त भएपनि अहिले सम्म बिब्यस गठन तर्फ कुनै चासो नदिई प्रधानाध्यापक यादबले मनोमानी ढंगले विद्यालय सञ्चालन गर्दे आएको सोही विद्यालयका अभिभावकहरुले गुनासो गरेका छन् ।

शिक्षा निमावली बिपरित प्रधानाध्यापक यादबले सार्वजनिक सुचना जारी नै नगरीे आफू खुशी मनोमानी तरिकाले बिज्ञापन बिना नै यसरी शिक्षकहरु भर्ना गरेकोमा अभिभावकहरुले समेत बिरोध जनाएका छन् । शिक्षा निमावली अनुसार शिक्षा भर्ना गर्दा अनिवार्य विज्ञापन खोल्ने प्रावधान भएपनि प्रधानाध्यापक यादवले शक्तिको आडमा अहिले पनि मनोमानी ढंगले विद्यालय प्रशासन चलाउँदै आएका छन् । शिक्षक भर्ना गर्दा कम्तीमा पनि १५ दिने सार्वजनिक सुचना जारी गरी त्यस अबधिमा प्राप्त आवेदन लिने प्राबधान छ ।

त्यस्तै शिक्षक छनोट गर्दा शिक्षा शाखाका एक जना प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षा बिशेषज्ञ अनिवार्य उपस्थितिमा प्राप्त आवेदनको आवश्यक शैक्षिक योग्यताको प्रमाण—पत्रको अध्ययन गरी लिखित, मौखिक र अन्तवार्ता लिएरमा उत्कृष्ट आवेदकलाई मात्र शिक्षक छनोट गर्ने प्राबधान रहेको छ । तर यस विद्यालयमा भने प्रधानाध्यापक यादवले आफू खुसीनै शिक्षक छनोट गरेको त्यस विद्यालयका अभिभावकहरुले बताएका छन् ।

कसैले उजुरी हालेमा कार्वाही हुन्छ, शिक्षा शाखा प्रमुख – लम्साल

राजपुर गाउँपालिका शिक्षा शाखा प्रमुख केशब लम्साल संग बुझ्दा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् । बिद्यालय व्यवस्थापन समिती नै नभएको समयमा यसरी नियम मिचेर शिक्षक राख्न नमिल्ने र कसैले उजुरी गरेमा नियम मिचेर शिक्षक भर्ना गर्ने प्रधानाध्यापक यादवलाई शिक्षा निमावली अनुसार कार्वाही हुने शिक्षा शाखा प्रमुख लम्सालले देउखुरी टुडेलाई भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे