लमही नगरपालिका, दुई वटा वडा कार्यालय र लमहीअस्पतालको सेवा एक हप्ताका लागि बन्द



लमही नगरपालिका, दुई वटा वडा कार्यालय र लमहीअस्पतालको सेवा एक हप्ताका लागि बन्द

ओमप्रकाश गुप्ता, लमही १८ कार्तिक ।

लमही नगरपालिका अन्तर्गतका केही जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दाङ देउखुरीको लमही नगरपालिका, ३ र ४ नम्बर वडा कार्यालय र लमही अस्पतालको सेवा एक हप्ता बन्द हुने भएको छ ।

नगरपालिकाका प्रमुख कुलबहादुर केसीले एक सूचना जारी गर्दै कार्तिक १८ गते देखि कार्तिक २४ गते सम्मका लागि अत्यावश्यक बाहेकका सवै सेवा बन्द हुने जानकारी गराएका छन् । साथै लमही अस्पतालमा पनि एक हप्ता सम्म बन्द हुने नगरप्रमुख केसीद्धारा जारी सूचनामा जनाइएको छ । तर अत्यावश्यकका सेवा भने जारी रहने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे