LISTEN LIVE RADIO

स्कुटीले मोटरसाईकललाई ठक्कर दिदा पत्रकार आचार्य घाइते



स्कुटीले मोटरसाईकललाई ठक्कर दिदा पत्रकार आचार्य घाइते

दाङ १७ कार्तिक । दाङमा स्कुटीले मोटरसाईकललाई ठक्कर दिदा  पत्रकार गणेश आचार्य घाइते भएका छन् । दोघरेबाट तुलसीपुर बजार आउँदै गरेको रा १ प ८३३४ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जाँदै गरेको रा ३ प ५४९३ नम्बरको स्कुटीले बसपार्कमा ठक्कर दिदा आचार्य घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाईते आचार्यको दायाँ खुट्टा फ्याक्चर भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते आचार्यको राप्ती लाईफ केयर हस्पिटलमा उपचार भइरहेको छ । घटना आज साँझ ६ बजे भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे