बनेकाे एक महिनामै भत्किए कल्भर्टहरु, स्थानीय सरकार मुखदर्शक



बनेकाे एक महिनामै भत्किए कल्भर्टहरु, स्थानीय सरकार मुखदर्शक

सिसहनियाँ ३१ जेठ । तपाईलाई अचम्म लाग्न सक्छ । जनताहरुले एक-एक रुपैयाँ जम्मा गरेर बचाएकाे पैसाबाट चर्काे कर तिरेर त्यही पैसाबाट आएकाे आयाेजनाकाे संरचना बनेकाे एक महिना नबित्दै भत्किएपछि कस्ताे लाग्छ ? त्यस्तै भएकाे छ राप्ती गाउँपालिकाकाे गाैरवकाे आयाेजना अन्तर्गत राप्ती चक्रपथकाे याेजनामा ।

राप्ती गाउँपालिकाकाे गाैरवकाे आयाेजना राप्ती चक्रपथकाे वडा नं. ७ काे छाेट्की सिसहनियाँ देखि वडा न ३ काे बसन्तपुर सम्म जाेड्ने बाटाे स्ताेरउन्नति पिच गर्नकाे लागि पि.के/महालक्ष्मी निमार्ण सेवा जे भीले जिम्मा लिएको छ, भने काम महालक्ष्मी निर्माण सेवाले गरेकाे थियाे। तर महालक्ष्मी निर्माण सेवाले बनाएका संरचनाहरु भत्किएका छन् ।

भने बनाएका बक्स कल्भर्टहरु बाटाेकाे सेन्टर लाईनहरु बिगारेका छन् । आज मंगलबारकाे दिनमा मात्र भानपुरमा रहेकाे पाईप कल्भर्ट भत्किएकाे छ । भानपुर पूर्व टाेल हिमाल थापाकाे घर अगाडि रहेकाे कल्भर्ट भत्किएको छ ।

भने भानपुर देखि पिपरी र जितपुर आउने चाेकमा बनेकाे बक्स कल्भर्टकाे ढलाई तथा एउटा कल्भर्टकाे बाटाेकाे सेन्टर लाईन तथा एरिमेन्ट बिग्रेको स्थाननिय एक स्राेतले बताएको छ ।

स्थानिय स्रोतका अनुसार निर्माण सामाग्री कमसलका कारण संरचना भत्किन थालेकाे बताएका छन । उनीहरुले भने बक्स कल्भर्ट बिगारेकाे समाचार आएपछि केही थप्न अथार्त ठुलाे गराउन लगाईयाे ।

तर पहिलाकाे ढलाईकाे रड निकालेर ओभर ल्याप नगरिकन थप ढलाई गरी चाैडा गरियाे । अहिले त्यही चर्किएकाे छ । त्यस्तै स्थानियबासीहरुले अवराेकन तथा अनुगमन गर्न काेही पनि नआएकाे र आफूहरुले नदेखेकाे बताएका छन् ।

उनीहरुले भने यहाँ गाउँपालिका र वडाका प्राविधिक मुखदर्शक बनेकाे समेत बताएका छन् । उनीहरू निर्माणस्थलमा एक पटक पनि अवलाेकन गर्न नआएकाे स्थानीयबासीहरूले गुनासाे गरेका छन् ।

यता ठेकेदारले आफ्नाे मनपरी ढंगले काम गरेकाे छ । पालिका र वडाकाे मुखदर्शकले ठेकेदारलाई मनपरी भएकाे छ । त्यस्तै यस विषयमा कुरा गर्दा महालक्ष्मी निमार्ण सेवाका निर्देशक पुरन गुप्ताले खेतमा सिचाई गर्ने कुलाेमा पानी आएकाे कारण पाईप कल्भर्ट भत्किएको र ढलान जाेड्दा ओभर ल्याप गर्न नपर्ने बताएका छन् ।

यसरी जनताबाट एक-एक रूपैयाँ उठाएर छुट्याएकाे बजेटबाट बनाईने विकास निर्माण स्थानीय सरकारकाे समान्य अनुगमन र निरक्षण नहुनु ठुलाे लापरबाही र ठेकेदार संगकाे मिलाेमताे भएकाे हुन सक्ने संकेत गर्दछ । यदी त्यसाे हाे भने अब नागरिकस्तरबाट कडा खबरदारी गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे