राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशन दाङकाे लमहीमा शुरू



राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशन दाङकाे लमहीमा शुरू

देउखुरी ३० जेठ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशकाे तेस्राे बार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशन आज साेमबार देखि दाङकाे लमहीमा शुरू भएकाे छ ।

जेष्ठ ३० र ३१ गते दुई दिन सम्म चल्ने अधिवेशनमा लुम्बिनी प्रदेश भरिका १२ जिल्ला १०६ जना प्रतिनिधि र ९ जना परिवेक्षक गरी कुल १ सय १५ जनाकाे सहभागिता रहेकाे छ । अधिवेशन नयाँ कार्यसमिती चयन, पञ्चबर्षीय रणनिति याेजना र दाङ घाेषणा-पत्र जारी गर्ने बताईएकाे छ ।

महासंघ अध्यक्ष देविदत्त आचार्यकाे अध्यक्षता एवम् महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माकाे प्रमुख आतिथ्यता तथा महासंघ पूर्व केन्द्रीय अध्यक्ष तथा बर्तमान बरिष्ठ सल्लाहकार डा. बिरेन्द्रराज पाेख्रेलकाे बिशिष्ट आतिथ्यमा सभाकाे उद्घाटन भएकाे थियाे ।

कार्यक्रम महासंघका लुम्बिनी प्रदेश सचिव हुमनाथ अधिकारीकाे स्वागत, बिषय प्रवेश तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे भने काेषाध्यक्ष ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा प्रदेश पूर्वधार विकास प्राधिकरणका प्रमुख निर्मल पाेख्रेल, लमही नगरपालिका ५ नम्बर वडाध्यक्ष ओमप्रकाश सुवेदी, महासंघका केन्द्रीय सचिव श्रीभावुकजङ्ग थापा लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन महासंघकी प्रदेश सदस्य शिला घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे