आर्थिक बर्षकाे अन्तिममा विकास, किसानलाई अभिशाप



आर्थिक बर्षकाे अन्तिममा विकास, किसानलाई अभिशाप

सिसहनियाँ ३० जेठ ।  देउखुरीकाे राप्ती गाउँपालिकाकाे मुख्य एजेन्डा स्वास्थ, शिक्षा र कृषि तर धान राेपी सक्नुपर्ने समयमा पाएनन् किसानले बीऊ पनि राख्न् । नागरिकलाई सबैभन्दा ठुलाे चिन्ता भनेकाे गास बास कपास हाे ।

जवसम्म आधारभुत आवश्यकता पूरा हुदैन तब सम्म मानिस बाच्न सक्दैनन् । मुठी राेपेर मुरी फलाउने बेला किसानले पानीकाे र असारे विकासकाे कारण सिचाइकाे पानी नपाएर आज सम्म बीउ राख्न नपाउनु भनेकाे दुखत बिषय हाे ।

विभिन्न क्षेत्र वाट विकासकाे लागि आर्थिक बर्षकाे साउनमा बजेट घाेषणा हुन्छ तर विकासकाे पूर्वधारकाे कार्य आर्थिक बर्षकाे अन्तिममा हुन्छ । जसकाे कारण दाङ जिल्ला राप्ती गाउपालिकाका वडा न ८ र ७ का कृषक मारमा परेका छन् । राप्ती गाउँपालिकाकाे चक्रपथ बाटाेकाे छाेट्कि सिसहनियाँ देखि बसन्तपुर सम्मकाे बाटाे निमार्ण र प्रगङा कुलाे सिचाइकाे खेतीकाे सिजनमा पुर्वधार निमार्णकाे कार्य गर्दा किसानहरु बर्षदिन खाने खेतीकाे बीउ सम्म राख्न पाएका छैनन् ।

आफूहरुले कुलाे सिचाईकाे लागि बर्षमा प्रति कठ्ठा ५00 कलमी तिरेता पनि बर्षदिन खाने धान राेप्ने सिजनमा कुलाेमा पानी नआउदा आफूले धानकाे बीउ राम्रो सङग राख्न नपाएकाे राप्ती गाउपालिका वडा न ८ का किसान रामप्रसाद चाैधरीले गुनासाे गरे ।

उनले भने, मल खाद त हामीले राम्रोसँग पाएनौं तर आफूले पैसा तिरेर पनि सिजनमा पानी पनि पाएका छैनाैँ ।  हामीले त बर्षदिन खाने यहि हाे तर कुनै पुर्वधार बनाउनु छ भनेर हाम्रो वर्षदिनकाे खाने खेती गर्न नपाउने गरी कार्य गर्नु त भएन नी उनले भने । के हामी भाेकै बस्याै भने पुर्वधारले खान दिन्छ ? रामप्रसादले प्रतिप्रश्न गरे ।

त्यस्तै राप्ती गाउँपालिका वडा न ७ अनानहपुर छाेट्की सिसहनियाँका कुलाे समितिका सचिव नरेशकुमार चाैधरीले असारकाे १० गते सम्म कुलाेमा पानी नआउने सुचना आफूलाई आएकाे जानकारी दिए ।

उनले भने माथि कुलाेमा ग्याविन बाल लगाउनु पर्ने भएको हुनाले कुलाेकाे पानी बन्द हुने सुचना आफूलाई आएकाे बताए ।  सिजनमा किसानलाई कुलाेमा पानी दिनुपर्ने तर बन्द गर्न राम्रो पक्ष नभएको उनले भने ।

किसानले एक त मल खाद पाएकाे छैन अर्काे कुलाेमा सिचाइ गर्ने पानी छैन । राप्ती गाउँपालिका वडा न ७ काे भानपुर,  ८ काे पिपरामा आज सम्म कुलाेमा पानी आएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे