LISTEN LIVE RADIO

शिक्षामा देखिएको समस्या समाधानका लागि अध्यक्ष विष्टलाई अनुरोध गर्ने शिक्षक संगठनको निर्णय



शिक्षामा देखिएको समस्या समाधानका लागि अध्यक्ष विष्टलाई अनुरोध गर्ने शिक्षक संगठनको निर्णय

सिसहनियाँ २९ जेठ । एकिकृत अखिल नेपाल शिक्षक संगठनकाे बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै शनिबार मसुरीयामा सम्पन्न भएकाे छ।

संगठनका राप्ती गाउँपालिका अध्यक्ष कृष्णबहादुर बुढा मगरकाे अध्यक्षतामा सम्पन्न बैठकले शिक्षा क्षेत्रमा देखिएमा समस्याहरु लाई सहजरूपमा सम्पन्न गर्नका लागि तत्कालै गाउँपालिकामा शिक्षा समिति गठन गर्न, कक्षागत, तहगत र विषयगत रुपमा शिक्षक दरबन्दी मिलाउन, नयाँ शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दा समेत यस गाउँपालिका भित्र रहेका समुदायिक विद्यालयका विद्यार्थीहरुले पुर्णरुपमा पाठ्यपुस्तक नपाएकाले सहजरूपमा वितरणकाे व्यवस्था मिलाउन गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा कार्यरत गाउँपालिका शिक्षक, निजि स्रोत शिक्षक, बालबिकास शिक्षक, अनुदान शिक्षक, कर्मचारीहरुकाे समान तह र काम काे समान पारिश्रमिक व्यवस्था सहित पूर्ण रुपमा निशुल्क शिक्षा कार्यान्वयन गर्न गाउँपालिकाका अध्यक्ष समक्ष अनुरोध गर्ने निर्णय गरेको छ।

साथै संगठनमा आबद्ध सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई आफ्नाे काम र पेशा प्रति कट्टीबद्ध भएर लाग्न समेत बैठकले आग्रह गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे