पुँजीवादको चुनावबाट आधारभुत जनताको मुक्ति हुँदैन : आचार्य



पुँजीवादको चुनावबाट आधारभुत जनताको मुक्ति हुँदैन : आचार्य

भालुवाङ २९ जेठ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले पुँजीवादी ब्यबस्थामा हुने निर्वाचन प्रणालीबाट आउने नेतृत्वतहले जनताको आधारभुत मुक्ति नहुने बताएका छन् ।

राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका वडा नम्बर २ को स्थानीय तह निर्वाचन २०७९ को समिक्षा तथा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अहिलेको निर्वाचन प्रणाली र त्यसको स्वरुपले आर्थिक रुपमा सम्पन्न भएका उम्मेदवार खोज्दछ । आर्थिक रुपमा बिपन्न मान्छे उम्मेदवार बनेर जित्न सक्दैन । आर्थिक रुपमा सम्पन्न भएको मान्छेले गरिब, बिपन्न, उत्पीडित , उपेक्षित र आधारभुत जनताको होइन मुठ्ठीभर सम्पन्न हरुकै हितमा काम गर्छ । त्यसैले पुँजीवादी ब्यबस्थामा पैसाले प्राथमिकता दिएर हुने निर्वाचनले आधारभुत जनताको हितमा काम गर्न नसक्ने भनेर ठोकुवा गरे ।

यस्तै अखिल नेपाल युबक संघका पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेलले राष्ट्रिय जनमोर्चा मात्र एउटा इमान्दार र क्रान्तिकारी पार्टी भएको हुनाले राष्ट्रिय जनमोर्चा र अन्य पार्टीमा भोट दिनु आकाश जमिनको अन्तर हुने कुरा बताए । वडा अध्यक्ष बासुदेब थापाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार नरबहादुर केसी, अखिल नेपाल कानुन ब्यबसायी समितिका केन्द्रिय सदस्य कृष्ण आचार्य, सामुदायिक बन महासंघका राष्ट्रिय समिति सदस्य डिलाराम पौडेल, अखिल नेपाल किसान महासंघ जिल्ला उपाध्यक्ष माधब आचार्य, वडा नम्बर दुईका निर्बाचित वडा सदस्य मनबहादुर पुन, अखिल नेपाल महिला संघका पालिका अध्यक्ष कृष्णा पोख्रेल, अखिल नेपाल बुद्धिजीवी संघका डिआर पौडेल, अखिल नेपाल युबक संघकी बिनु गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय कोषाध्यक्ष प्रेम आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सल्लाहकार तारा बेल्बासे, जिल्ला सदस्य माधब बेल्बासे, प्रगतिशील प्राध्यापक संघ जिल्ला सदस्य रामकृष्ण पौडेल लगायतको आथित्यता रहेको थियोे । नेत्र बेल्बासेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नन्दलाल खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे