सवै धर्मलाई समान तरिकाले हेर्नु पर्छ : अध्यक्ष विष्ट



सवै धर्मलाई समान तरिकाले हेर्नु पर्छ : अध्यक्ष विष्ट

भालुवाङ २९ जेठ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले सबै धर्मलाई समान तरिका हेर्नूपर्ने बताएका छन् ।

शनिबार राप्ती गाउँपालिका इसाई समुदायले माैरीघाटमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सो कुरा बताएका हुन् ।

नेपाल धर्मनिरिपेक्षता मुलक भए सके पनि अहिले पनि धार्मिक लडाई नरोक्किनु दुखद विषय भएको बताउँदै सवैलाई समान व्यवहार गर्न सिक्नुपर्ने बताएका थिए ।

इसाई समुदाय राप्ती गाउँपालिकाका अध्यक्ष राजन रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बिष्टले सबै जातजाती , धर्म, समुदाय मिलेर राप्ती गाउँपालिकालाई नेपालकै नमुना गाउँपालिका बनाउन लाग्नु पर्ने पनि बताएका छन् ।

कार्यक्रममा उपाध्यक्ष कमलापती चौधरी, प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलमान चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा इकाई समुदायले भोग्नु परेको पिडा र आफ्ना माग निर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरु सँग राखेका थिए । इसाई समुदाय राप्ती गाउँपालिकाका सहसचिव निमा थापाले स्वागत मन्तव्यबाट स्वागत गरेको  कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाई फुलमाला लगाएर स्वागत गरिएको थियो ।

राप्ती गाउँपालिका भित्र रहेका चर्चहरूको गतिविधि पास्टर जय प्रकाश घर्तीले राखेका जिए । २९ वडा चर्च रहेको राप्ती गाउँपालिकामा १ हजार ४ सय ११ जना सदस्य रहेको उक्त कार्यक्रम जानकारी गराइएको थियो । कार्यक्रमको संचालन सचिब निसु चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे