दाङमा एमाले संग गठबन्धन डरायाे, तुलसीपुर उपमहानगरको कार्यपालिकामा गठबन्धनको उम्मेदवारी नै परेन



दाङमा एमाले संग गठबन्धन डरायाे, तुलसीपुर उपमहानगरको कार्यपालिकामा गठबन्धनको उम्मेदवारी नै परेन

तुलसीपुर १९ जेठ । दाङमा एमाले संग सिङ्गाे गठबन्धन डराएकाे छ । जसकाे ज्वलन्त प्रमाण स्वरूप बिहिबार तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको निर्वाचनमा गठबन्धनका तर्फबाट कसैकाे पनि उम्मेदवारी समेत पर्न सकेन ।

यता नेकपा एमालेबाट भने एकल रूपमा मात्रै उम्मेदवारी परेको छ । यहि जेठ २४ गते हुने निर्वाचनका लागि मयमा एमालेबाट मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका साहयक निर्वाचन अधिकृत ढकबहादुर रावतले जानकारी दिए ।

जस अनुसार निर्वाचित महिलाबाट वडा सदस्यहरु सीता लामाछाने, गौरी नेपाली, यमुना परियार,रिखा शर्मा, बसन्ता केसी रहेका छन्। त्यसैगरी दलित तथा अल्पसंख्यक बाट तुलसीपुर ४ का लक्ष्मण बिश्वकर्मा, वडा नम्बर १२ का मोहन बिक र वडा १७ का तुलाराम नेपाली रहेका छन् ।

उम्मेदवारी दर्ताको समय आज ३ बजे सम्म तोकिएको थियो । निर्वाचन कार्य तालिका अनुसार भोली दाबी विरोध र २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने छ ।

गठबन्धनको तर्फबाट कुनै पनि उम्मेदवारले मनोनयन दर्ता नगरेपछि २१ गते नै अन्तिम नामावाली प्रकाशीत संगै निर्वाचित भएको घोषणा गरिने साहयक निर्वाचन अधिकृत रावतले जानकारी दिए । आफुहरु अल्पमतमा पर्ने संभावना देखिएपछि मनोनयन दर्ता नगरेको गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता जगत बहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे