दाङमा ८४ वटा वन आगलागी तथा डढेलोको उच्च जोखिममा



दाङमा ८४ वटा वन आगलागी तथा डढेलोको उच्च जोखिममा

तुलसीपुर १९ जेठ । सुक्खा मौसमको शुरुवात भएसंगै हावाहुरी चल्ने,आगलागी हुने, डढेलो लाग्ने र आगलागी भई जनधनको ठूलो क्षति हुने गर्दछ । जिल्लामा हाल ३ सय ७५ सामुदायिक वनहरु रहेकोमा ८४ वटा वन आगलागी तथा डढेलोको उच्च जोखिममा रहेका छन् ।

वन कार्यालयले यस्ता घटना न्यूनिकरण गर्नका लागि विभिन्न संचारका माध्यमबाट सुचना प्रदान गर्ने, प्रचारप्रसार गर्ने जस्ता कामहरु गरिरहेको जिल्ला वन कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठले बताए ।

खास गरी चैत, वैशाख र जेठ महिनाका आगलागी तथा डढेलो जस्ता विपद्जन्य घटना बढी हुनसक्ने भएकाले पूर्व तयारी गर्नु नै आगलागी तथा डढेलोको जोखिमबाट बच्ने उपाय हुन् । त्यस्ता घटना हुन नदिन र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्नका लागि आम नागरिक, सबै सरोकारवाला निकाय नै सचेत रहनु पर्ने आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे