देउखुरीकाे माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु



देउखुरीकाे माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु

भालुवाङ १६ जेठ । देउखुरीकाे माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भएकाे छ ।

आज साेमबार बिहान ५ बजेकाे समयमा पूर्वबाट पश्चिम तर्फ गईरहेकाे लु अ अ जे ५००३ नम्बरकाे मिनी ट्रकले राप्ती गाउँपालिका-४ श्रीनारायण चाेक माैरीघाटमा ठक्करबाट साेही वडा कै खिनैटा निवासी बर्ष ५२ का बल्लु गिरीकाे घटनास्थल मै मृत्यु भएकाे प्रहरी चाैकी मसुरियाका सई शत्रुधन उपाध्यायले जानकारी दिए ।

मृतक गिरी बिहान माेर्निकवाक गर्दै पूर्वबाट पश्चिम तर्फबाट जाँदै गर्दा मिनि ट्रकले ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । मृतककाे शब पाेष्टमार्टमका लागि लमही पठाईएकाे र ठक्कर दिने ट्रक र चालक प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे