सर्वहित सहकारी संस्थाद्वारा सञ्चालित ३ महिने सिलाई कटाई तालिम सकियो



सर्वहित सहकारी संस्थाद्वारा सञ्चालित ३ महिने सिलाई कटाई तालिम सकियो

भालुवाङ १५ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिका ४ माैरीघाटमा सञ्चालित ३ महिने सिलाई कटाई तालिमको समापन गरिएको छ ।

सर्वहित बचत तथा ऋण सहकारी संस्था राप्ती गाउँपालिका ४ माैरीघाटको आयोजनामा सञ्चालित सिलाई कटाई तालिमको आइतबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

संस्थाका अध्यक्ष जागेन्द्र चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चाैधरीले राप्ती गाउँपालिकाका महिला दिदी बहिनीहरूलाई स्वरोजगार बनाउन गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने बताएकी थिइन् ।

संस्थाकी उपाध्यक्ष निर्मला चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चाैधरी, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, पत्रकार ओमप्रकाश गुप्ता, तालिका संयोजक हंशराज चाैधरी लगायतका वक्ताहरूले बोलेका थिए ।१० जना महिला दिदीबहिनीहरूको सहभागीता रहेको तालिमको प्रशिक्षकमा प्रभादेवी चाैधरी रहेकी थिइन् ।

यसै बिच संस्थाले राप्ती गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई फूलमाला, खाँदा र टीका लगाएर स्वागत गर्दै बधाई दिएका थिए ।

कार्यक्रममा संस्थाले रात्री प्रावि माैरीघाटलाई १ थान कम्युटर समेत प्रदान गरेको छ । विद्यालयका प्रअ बुद्विमान चाैधरीलाई संस्थाका अध्यक्ष जागेन्द्र चाैधरीले सो कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

त्यस्तै १० जना तालिमका सहभागीहरूलाई १/१ जना सिलाई मेसिन समेत प्रदान गरिएको छ। कार्यक्रमको सञ्चालन संस्थाका सचिव कल्पना चाैधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे