कृषिलाई उत्पादन संग जाेडेर स्वराेजगार बनाउन राप्तीबासीकाे जनप्रतिनिधिलाई सुझाब



कृषिलाई उत्पादन संग जाेडेर स्वराेजगार बनाउन राप्तीबासीकाे जनप्रतिनिधिलाई सुझाब

भालुवाङ १५ जेष्ठ । कृषिलाई उत्पादन संग जाेडेर स्वराेजगार बनाउन सके मात्र राप्ती गाउँपालिकालाई समृद्ध बनाउन सकिने एक कार्यक्रमका बक्ताले जाेड दिएका छन् ।

१५ औँ गणतन्त्र दिवसकाे अवसरमा राप्ती गाउँपालिकाले आफ्नै सभाहल मसुरियामा आयाेजना गरेकाे गणतान्त्रिक व्यवस्थामा राप्ती गाउँपालिकाकाे समृद्ध र विकास बिषयक अन्तरक्रिया कार्यक्रममा बाेल्ने बक्ताहरूले यस्ताे बताएका हुन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले राप्तीबासीकाे एकता र सहकार्यले मात्र राप्तीलाई समृद्ध बनाउन सकिने बताएका थिए । उनीहरूले यस ठाउँकाे दिर्घकालिन विकास र समृद्धिका लागि बिस्तृत गुरूयाेजना र इच्छा शक्ति आवश्यक गरेकाे पनि बताएका थिए ।

उनीहरूले राप्तीमा एयरउनीहरूले यस ठाउँकाे दिर्घकालिन विकास र समृद्धिका लागि बिस्तृत गुरूयाेजना र इच्छा शक्ति आवश्यक गरेकाे बताएका थिए । पोर्ट निमार्ण, राप्ती नदीकाे सही व्यवस्थापन, खेतीपातीमा बाँझाेपन हटाउन सके राप्तीलाई समृद्ध बनाउन सकिने सुझाब दिएका थिए ।

साथै बक्ताहरूले राप्तीलाई पर्यापर्यटन क्षेत्रकाे विकास, धार्मिक तथा सांस्कृति, शिक्षा र स्वास्थ्य क्षेत्र र पूर्वाधार विकासले पनि राप्तीलाई समृद्ध बनाउन मद्दत पुग्ने बताएका थिए ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालकाे स्वागत तथा बिषय प्रवेशबाट शुरू भएकाे कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी, निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, नवनिर्वाचित वडा अध्यक्षहरू, निर्वतमान वडा अध्यक्षहरू, राजनितिदल, उद्योग बाणिज्य संघ, नागरिक समाज, नागरिक अगुवा पत्रकार र प्रहरीका गरी ४० जना बढीले आ-आफ्नाे भनाई राखेका थिए । सञ्चालन शिक्षा अधिकृत बासुदेव खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे