राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही देउखुरीको गढवा आउँदै



राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही देउखुरीको गढवा आउँदै

देउखुरी ६ व‌ैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाही दाङको देउखुरी आउन लागेका छन् ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरि यही बैशाख ९ गते शाही देउखुरीको गढवामा आउन लागेका हुन् । आसन्न बैशाख ३० गते हुन गईरहेको स्थानीयतहको निर्वाचनलाई लक्षित गरी गढवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न राप्रपाका केन्द्रिय प्रबक्ता ज्ञानेन्द्र शाही आउन लागेका हुन् ।स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा राप्रपाले चुनावी अभियानलाई तिब्रता दिएको छ ।

साथै कार्यक्रममा पार्टी प्रवेश समेत गराउने कार्यक्रम रहेको कार्यक्रम संयोजक विवेक विसीले जानकारी दिएका छन् । बिहान ८ बजे हुने कार्यक्रममा उपस्थित भइदिन राष्ट्रिय प्रजातन्त्र पार्टी दाङले सवै नेता, कार्यकर्ता लगायत सबैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे