उम्मेदवारी दिनु अघि जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यता



उम्मेदवारी दिनु अघि जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यता

काठमाण्डाै ६ वैशाख । बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदारी दिन पाउने भएका छन् । 

निर्वाचन आयोगको आचारसंहिता विरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेन शेर्पाले दिएको रिट मङ्गलवार सर्वोच्च अदालतले खारेज गरिदिए सँगै जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने भएका हुन् । 

न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने गरी बनाएको आचारसंहिता विरुद्ध परेको रिट खारेज गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे