तुलसीपुरको ग्रिनभ्याली होटलबाट ७८ हजार नगद सहित ७ जुवाडे पक्राउ



तुलसीपुरको ग्रिनभ्याली होटलबाट ७८ हजार नगद सहित ७ जुवाडे पक्राउ

तुलसीपुर ५ चैत्र । तुलसीपुरको बसपार्क स्थित ग्रिनभ्याली होटलबाट ७८ हजार सहित ७ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उप– महानगरपालिका वडा नं. ६ बस्ने बर्ष ३० को कृष्ण कुमार गुप्ता, वडा नं. १२ बस्ने बर्ष २९ को टोपेन्द्र बुढामगर, वडा नं. ७ बस्ने बर्ष ३७ को राजेश श्रेष्ठ, वडा नं. ५ बस्ने बर्ष ३० को साहिद राई, बर्ष २४ को राज खान, बर्ष ३४ को ईश्वारी रावत,बाँके नेपालगंज उप– महानगरपालिका वडा नं. १६ बस्ने बर्ष २४ को सलमान साह रहेको ईलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख प्र.ना.उ श्यामु अर्यालले जानकारी दिएका छन् ।

उनीहरुलाई दिउँसाे २ बजे पक्राउ गरिएकाे थियाे । पक्राउ परेकाहरुकाे साथबाट  ३ गड्डी तास, ७८ हजार एकसय २० रपैया बरामद गरेकाे छ ।  होटल संचालक भुवन खड्का फरार रहेकाले निजको खोजतलास कार्य भई रहेको छ । पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे