प्यूठान बस दुर्घटना अपडेट : १ बालकको मृत्यु, ९ जना गम्भीर घाइते



प्यूठान बस दुर्घटना अपडेट : १ बालकको मृत्यु, ९ जना गम्भीर घाइते

प्यूठान ५ चैत । प्यूठानको माण्डवी गाउँपालिकाको तारिवाङमा याुत्रबहाक बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । प्यूठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना हुँदा अन्य ३० जना घाइते भएका छन् ।

दुर्घटनामा एक जना बालकको मृत्यु भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते र मृतक सबैलाई स्थानीयले उद्धार गरी नजिकैको स्वास्थ्यचौकीमा पुर्‍याएको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् । उनीहरु सबैलाई दाङको बगंलाचुली लैजाने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे