राष्ट्रिय स्वाधिनता रक्षाको लागि एक पटक फेरि बन्दुक उठाउनु पर्छ : नेता परियार



राष्ट्रिय स्वाधिनता रक्षाको लागि एक पटक फेरि बन्दुक उठाउनु पर्छ : नेता परियार

भालुवाङ ५ चैत । नेपाल श्रमिक संघका केन्द्रिय सदस्य सुरज परियारले अब स्वाधिनताको रक्षाका लागि एक पटक फेरि नेपाली जनताले बन्दुक उठाउनु पर्ने समय आएको बताउनु भएको छ । एमसिसी बिरुद्ध छ दलीय गठबन्धनको आयोजनामा शनिबार देउखुरीको भालुवाङमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै नेता परियारले देशलाई पराधिन हुनबाट जोगाउन र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि अब सबै देशभक्त नेपालीले एक पटक फेरि बन्दुक उठाउनुपर्ने चेतावनी दिए ।

नेत्रबिक्रम चन्द(विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला समेत रहनु भएका नेता परियारले अब एमसिसी पास गर्ने नेताहरु फेरि नेपाली जनताको घर—घरमा भोट माग्न आउँदैछन् । यहि बेला नै ती नेताहरलाई नेपाली जनताले भौतिक रुपमा कार्वाही गर्न आग्रह समेत गरे । साथै उहाँले एमसिसी पास गर्ने दलहरुलाई चुनाबबाट हराएर नेपाली भूमि कटाउन पनि सम्पूणर् नेपाली जनतामा आग्रह गरे ।

बिरोधसभालाई जातिय समता समाजका प्रदेश सदस्य चन्द्रबहादुर नेपाली र दलित मुक्तिमोर्चा नेपालका जिल्ला अध्यक्ष तिलक विक लगायतका वक्ताहरुले एमसिसीको गलत ब्याख्या गरेर नेपाली जनतालाई फेरि पनि झुक्याउन खोजे बताएका थिए । उनीहरुले एमसिसी नेपाल र नेपालीका लागि गलत हो भनेर थाहा पाएर पनि सत्ता र शक्ति जोगन एमसिसी पास गरिएको आरोप लगाएका थिए ।

एमसिसी बिरुद्ध छ दल र दुई मोर्चाले केही दिन पहिले देखि शुरु गरेको आन्दोलन अन्तर्गत छ दलका भातृ संगठनको आयोजनामा भएको बिरोधसभा कार्यक्रम शुरु हुनु अघि पहिले एमसिसी बिरुद्ध विभिन्न नारा लगाउँदै भालुवाङ पुल्चोक बजार परिक्रम गरिएको थियो । कोणसभाको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे