लुम्बिनी प्रदेशकाे चक्लाबन्दी कार्यक्रम प्रभावकारी बन्न सकेको छैन : स्वास्थ्य मन्त्री चौधरी



लुम्बिनी प्रदेशकाे चक्लाबन्दी कार्यक्रम प्रभावकारी बन्न सकेको छैन : स्वास्थ्य मन्त्री चौधरी

भालुवाङ ५ चैत । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित चौधरीले लुम्बिनी प्रदेशमा कृषि क्षेत्रको चक्लाबन्दी कार्यक्रम प्रभावकारी बन्न नसकेको बताएका छन् । नेपाल पारा भेटेनरी एण्ड लाइभष्टक एशोसियसन लुम्बिनी प्रदेश समितिको दोस्रो भेलालाई शनिवार राप्ती गाउँपालिका ३ को राप्ती प्राविधिक शिक्षालयमा सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

प्रमुख अतिथि समेत रहेका स्वास्थ्य मन्त्री चौधरीले कृषकहरुलाई दिइरहेको अनुदान रकम समेत परिणाममुखी बनाउन नसक्दा कृषि क्षेत्र पछाडी परेको बताउँदै त्यसलाई प्रभावकारी बनाउन किसानहरुलाई सुझाव समेत दिएका छन् ।

मन्त्री चौधरीले भने जुन परिवारले मेहनत गर्छ, पसिना बगाउँछ त्यो परिवारले सवै प्रकारको सेवा सुविधा पाउने बताउँदै सिंगो राष्टलाई राष्ट्रसेवक कर्मचारीलाई सुविधा प्राप्ती गर्नका निम्ती हामीले पसिना बगाएनौ, मेहनत गरेनौ भने आर्थिक उत्पादन नहुने र सेवा सुविधा समेत घट्दै जाने बताउँदै देशमा विद्यमान घुसखोरी र भ्रष्टचारलाई नियन्त्रण गरे मात्र आर्थिक विकास हुने बताए ।

साथै मन्त्री चौधरीले स्थानीय तह होस वा प्रदेश सरकार होस वा संघिय सरकार होस कृषि क्षेत्रमा एक त कम बजेट विनियोजन हुन्छ र विनियोजित बजेट समेत समयमै खर्च हुन नसक्दा धेरै बजेट फ्रिज हुँदै गएको बताउँदै लुम्बिनी प्रदेशमा पनि सवै भन्दा कम बजेट खर्च हुने मन्त्रालय कृषि मन्त्रालय बनेको बताए।

प्रदेश संयोजक हुमाकान्त पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, नेभ्लाका केन्द्रिय अध्यक्ष राचमप्रसाद मेहता, संस्थापक पुर्व अध्यक्ष लोकराज भुसाल, कृषि, खाद्य प्रविधि भुमि व्यवस्थाका बैकुण्ठ अधिकारी, नाशाका उपाध्यक्ष तुल्सीराम भण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रदेश सचिव युवराज ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे