प्युठानबाट दाङकाे घाेराही आउदै गरेकाे यात्रुवाहक बस दुर्घटना



प्युठानबाट दाङकाे घाेराही आउदै गरेकाे यात्रुवाहक बस दुर्घटना

भालुवाङ ५ चैत । प्युठानबाट दाङकाे घाेराहीतर्फ जाँदै गरेकाे यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । प्युठानकाे माण्डवी गाउँपालिका वडा नम्बर २ सेताे पहर नजिक बस दुर्घटना हुँदा एक बालककाे घटना स्थलमा मृत्युु भएकाे छ भने अन्य यात्रु घाईते भएका छन् ।

मृत्युको आधिकारिक पुष्ठी भने हुन सकेको छैन । ना ३ ख ७१३२ नम्बरकाे बसमा सवार करिव एक दर्जन बढी यात्रु घाईते भएकाे प्रारम्भिक अनुमान गरिएकाे छ । दुर्घटना साढे १० बजेतिर भएको हाे ।

बसमा कति यात्रु थिए भन्ने अझै पत्ता लागेकाे छैन । घटना स्थलमा अहिले बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली सहित स्थानीय उद्धारमा खटिएका छन् । दाङ प्युठान सिमाना नजिक भएको उक्त दुर्घटनाका

घाईतेलाई अहिले स्थानीयले उद्धार गरि मुर्कुटी अस्पतालमा लगेका छन् । घटना स्थलमा अहिले प्रहरी टाेली जाँदैछ । बस तीव्र गतिका दुर्घटनामा परेका घाइते सुरेश खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे