LISTEN LIVE RADIO

परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गते देखि सञ्चालन गर्ने



परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गते देखि सञ्चालन गर्ने

काठमाण्डाै ४ चैत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ । 

आज शुक्रवार बसेको बोर्ड बैठकले कक्षा १२ को परीक्षा २०७९ सालको जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । 
परीक्षा नौ दिन सञ्चालन हुनेछ । थप विवरण केहीबेरमा वेबसाइटमा राख्ने उनले बताए । 

प्रश्न पत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्नेछ । कोरोनाका कारण बोर्डले गएको वर्षदेखि प्रश्न पत्र प्रकाशन गर्न छोडेको हो ।  

यस वर्ष झन्डै चार लाख विद्यार्थीले १२ कक्षाको परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे