राप्ती गाउँपालिकाकाे चार वर्षे प्रगति विवरण सार्वजनिक



राप्ती गाउँपालिकाकाे चार वर्षे प्रगति विवरण सार्वजनिक

मसुरीया २ राप्ती गाउँपालिका पूर्वाधार विकास शाखाले विगत चार वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । राप्ती गाउँपालिकाको नवौ गाउँसभामा स्वीकृत गर्ने गरी चार वर्षका बीचमा गाउँपालिकाको गाउँसभावाट स्वीकृत भई कार्य सम्पन्न भएको विकास कार्यको सार्वजनिक गरिएको हो ।

राप्ती गाउँपालिका पूर्वाधार विकास शाखा संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्रीले सार्वजनिक गरेको प्रतिवेदनमा स्थानीय सरकारको चार वर्षमा गरेका मुख्य कामहरूको बारेमा जानकारी दिइएको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका ९ स्थानीय तहमध्ये राप्ती गाउँपालिका पहिलो नम्बरमा देखिएको छ । राप्तीले ७०.७९ अंक प्राप्त गरेको पालिकाका कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राप्ती गाउँपालिका पूर्वाधार विकास शाखाका सदस्य सचिव राप्ती गाउँपालिकाका इन्जिनियर अशोक बेल्वासेका अनुसार राप्ती गाउँपालिकाले विगत चार वर्षमा हालसम्म जम्मा ३२०० मिटर कालोपत्रे सम्पन्न भएको र यस आवको लागि ३५०० मिटर कालोपत्रे गर्ने कार्यको लागि ठेक्का सम्झौता भएको साथै राप्ती चक्रपथ निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।

इन्जिनियर अशोक बेल्वासेका अनुसार राप्ती गाउँपालिकामा राप्ती चक्रपथको उत्तर–दक्षिण जोड्ने सडकहरूमध्ये भालुवाङ बगासोती सडकको टे«क खोल्ने कार्य सम्पन्न तथा १५०० मिटर कालोपत्रे कार्य सम्पन्न भएको छ । हर्षे डाँडादेखि खुरूरिया सडक ९०० मिटर कालोपत्रे कार्य सम्पन्न भएको, श्रीनारायण चोकदेखि भानपुर सडक ८५० मिटर कालोपत्रे कार्य सम्पन्न भएको, सिसहनियादेखि महादेवा सडक १२०० मिटर कालोपत्रे कार्य सम्पन्न भएको, बगरापुर, सगरापुर, पत्थरगढवा, पहरूवादेखि भुल्के सडक १५०० मिटर कालोपत्रे कार्य सम्पन्न भएको जानकारी दिइएको छ ।

इन्जिनियर अशोक बेल्वासेका अनुसार विगत चार वर्षमा राप्ती गाउँपालिका प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको र नवनिर्मित गाउँपालिका भवनबाट कार्य सञ्चालन भइरहेको, वडा कार्यालय भवनहरू १, २, ६, ७ र ८ को निर्माण कार्य सम्पन्न भएको, जसअन्तर्गत ९ नं. वडा कार्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको र वडा नं.४ को कार्यालय भवनको ठेक्का सम्झौता भई निर्माण कार्य डिपिसि लेबलसम्म भएको, पत्थरगढवा सानो नदी पुल निर्माण कार्य सम्पन्न भई, आवतजावत सञ्चालन भइसकेको, दोलई खोला (मझनिगढ) पुलको निर्माण कार्य अन्तिम चरणको अवस्थामा छ र अबको केही दिनमा सञ्चालन हुनेछ ।

राप्ती गाउँपालिका मसुरिया बड्का गल्ली ५०० मिटर कालोपत्रे सडक, लालमटिया पूर्व न्योपाने गल्ली ५५० मिटर कालोपत्रे सडक, वडा नं. २ अन्तर्गत बराखुटी चोकदेखि उत्तर र दक्षिण ८५० मिटर कालोपत्रे सडक, लालमटिया पश्चिम चोकदेखि खुरूरिया जाने सडक करिब १००० मिटर सडक विस्तार भएको छ ।

स्वास्थ्य क्षेत्रलाई लक्षित गरी गाउँपालिकाको आधारभूत स्वास्थ्य इकाई केन्द्र भवनहरू, वडा नं. २, ३, ४, ६, ७, ८ र ९ मा निर्माण कार्य सम्पन्न भई सम्पूर्ण स्वास्थ्य इकाई केन्द्रबाट सेवा सुचारू भइरहेको र यस आर्थिक वर्षमा दोलई खोला, पहरूवा कालापानी सडकको ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको, राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियामा स्थित १५ शैंया अस्पतालको ठेक्का सम्झौता सम्पन्न भएको, गाउँपालिकाअन्तर्गतका वडाहरूमा अधिकांश क्षेत्रमा ग्राभेल समेतको सडक विस्तार तथा पक्की नाला, कल्भर्ट निर्माण, मठमन्दिर आदि विभिन्न प्रकारका काम भएको छ ।

राप्ती गाउँपालिका पूर्वाधार विकास शाखा संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आदर्श नमुना माविको प्रशासनिक भवन निर्माण सम्पन्न भएको, आदर्श नमुना माविको विद्यालय भवन निर्माण कार्य भइरहेको, यस आवमा चारवटा विद्यालय भवनको ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको, गाउँपालिकाअन्तर्गतका अन्य धेरै विद्यालयहरूको २ कोठे र ४ कोठे विद्यालय भवन निर्माण सम्पन्न गरी पठनपाठन सुचारू गरिएको छ ।

पर्यटन क्षेत्रको विकासका लागि गाउँपालिकाको पाँचवटा पर्यटन क्षेत्रको मास्टर प्लान डिपिआर भएको र केही भागको कार्य भएको छ । राप्ती गाउँपालिकाले चार वर्षमा घर नक्सा अभिलेखीकरण तथा नक्सा पासको काम आव ०७५/७६ मा २५६ वटा, ०७६/७७ मा ११६, ०७७/७८ मा १०६, ०७८/७९ मा ५३४ वटा गरी जम्मा १ हजार १ सय १ वटा अभिलेखीकरण भएको छ ।

नयाँ नक्सा पास आव ०७५/७६ मा ६ वटा सम्पन्न भएको र १४ वटा डिपिसि लेवलसम्म इजाजत लगेको, आव ०७६÷७७ मा चारवटा इजाजत लगेको र २ सुपर स्ट्रक्चर गलेको र आव ०७७/७८ मा दुईवटा डिपिसिसम्मको इजाजत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे