राप्ती गाउँपालिकामा नेपाली कांग्रेसको घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान सुरु



राप्ती गाउँपालिकामा नेपाली कांग्रेसको घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान सुरु

भालुवाङ २ चैत । दाङ जिल्लाको क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा क ले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

राप्ती गाउँपालिकाको पिपरीमा आयोजित कार्यक्रममा आगामी दिनमा नेपाली कांग्रेसलाई सबै तर्फवाट विजयी बनाउन नेता कार्यकर्ताहरुले आब्हान गरेका छन् । प्रदेश सभा क सभापति श्रीपत चौधरीको अध्यक्षतामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान दाङ प्रतिनिधि केन्द्रिय सदस्य चन्द्र्र केसीको प्रमुख आथित्यता, लुम्विनी प्रदेश सभापति अमर पुन, जिल्ला सभापति शंकर डाँगिकोको विशिष्ट आथित्यतामा सम्पन्न भएको हो ।

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि यही फागुन २९ गतेदेखि एक महिने ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान लाई सफल बनाउने उदेश्यका साथ क्षेत्र नं १ प्रदेश सभा क का पालिका पदाधिकारी, वडा कमिटिलाई लक्षित गरि भेटघाट तथा अन्तरक्रिया गरिएको हो ।

अभियान अन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउन आब्हान गरिएको छ । आगामी निर्वाचन, गत १४ औ महाधिबेशनमा भएको पार्टिको निर्वाचन, एम.सि.सि, गठबन्धनको सरकार, नेपाली कांग्रेसको रणनिति लगायतका विषयमा सहभागि तथा बक्ताहरुले आफना विचार ब्यक्त गरेका थिए ।

स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्न घरघरमै नेता कार्यकता जानुपर्नेमा जोड दिईएको छ ।

यसैगरी ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङ्तिलाई स्थानीय निर्वाचनमा परिचालन गर्न आब्हान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे