पब्लिक एजुकेसन एकेडेमीकाे अभिभावक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न



पब्लिक एजुकेसन एकेडेमीकाे अभिभावक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

लालमटिया १ चैत । पब्लिक एजुकेसन एकेडेमी राप्ती गाउँपालिलका  २ देउखुरी दाङमा अभिभावक भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष श्रीकृष्ण शर्माको अध्यक्षता एवं पोजेटिभ भाइब्रेसन अर्गनाइजेसन काठमाडौका कार्यकारी अधिकृत तथा मुख्य प्रशिक्षक प्रितम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रशिक्षक पौडेलले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र विद्यार्थीको चौतर्फी विकास गर्न शिक्षक,अभिभावक ,विद्यार्थी एवं विद्यालय प्रशासनले खेल्नुपर्ने महत्त्वपूर्ण भूमिकाको बारेमा बताएका थिए।

उनले बालबालिकालाई कस्तो बनाउने भन्ने कुरा अभिभावक र शिक्षकको हातमा रहेको हुनाले विद्यार्थीलाई परिवर्तन गर्न पहिला अभिभावक र शिक्षकमा परिवर्तन आउनुपर्ने बताए। अहिलेका विद्यार्थीलाई भयरहित वातावरण र प्रोत्साहनको आवश्यकता रहेकाले विद्यार्थीले गरेर सिक्ने वातावरण शिक्षक,अभिभावक र विद्यालयले निर्माण गर्नुपर्दछ। प्रविधिको अत्यधिक प्रयोगले विद्यार्थी यान्त्रिक बन्दै गएको हुनाले उनीहरुलाई घर,परिवार ,गाउँ ,समाजका हरेक गतिविधिमा संलग्न गराउनु पर्ने कुरा पनि उल्लेख गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक विक्रान्त ज्ञवालीले कार्यक्रमको विषय प्रवेश र स्वागत गर्दै विद्यालय र अभिभावकविचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउदै विद्यालयले ज्ञान,सीप र संस्कारयुक्त गुणस्तरीय शिक्षा प्रदान गरेका कारण जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताएका थिए। कार्यक्रममा विद्यालय सञ्चालन समिति अध्यक्ष श्रीकृष्ण शर्मा सदस्य केशवराज आचार्य र शोभाखर भुसालले मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका मुना गिरीले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे