रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर गुप्ता सम्मानित



रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर गुप्ता सम्मानित

भालुवाङ १ चैत । दाङको राप्ती गाउँपालिका २ लालमटियामा रहेको रेडियो राप्ती तथा राप्ती टेलिभिजन र समावेशी रेडियो राप्ती स्रोता क्लवले सोमबार सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्तालाई सम्मान गरेको छ ।फागुन २७ र २८ गते पोखरामा भएको प्रेस चौतारी नेपालको एकता प्रक्रियाबाट केन्द्रीय सदस्यमा चयन भएको भन्दै सहायक स्टेसन म्यानेजर गुप्तालाई हिजो लालमटियामा रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ताले टीका र खाँदा लगाएर सम्मान गरेका हुन् ।

त्यसै गरि कार्यक्रम तथा विज्ञापन शाखा प्रमुख विरेन्द्र गिरी, उहाँकि धर्मपत्नी रिता गाहा, प्रमुख समाचार बाचिका अंशु बोहरा, लेखा तथा प्राविधिक प्रमुख अरूण पौडेल, कार्यक्रम प्रस्तोता किरण जिसी, हुमा सुनार स्रोता क्लवका अध्यक्ष लालमणी भुसाल, उपाध्यक्ष गिता शर्मा लगायतले सम्मान गरेका थिए ।

स्रोता क्लवका अध्यक्ष लालमणी भुसालको अध्यक्षता एवम् रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम तथा विज्ञापन शाखा प्रमुख विरेन्द्र गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे