आज मध्यरातदेखि संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस



आज मध्यरातदेखि संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाण्डाै १ चैत । सरकारले आज मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।  मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

चुनावी माहोलले गर्दा दलहरू गाउँ केन्द्रित भएको र एमालेको निरन्तरको अवरोधका कारण संसद् बैठक प्रभावकारी ढङ्गले सञ्चालन नभएकाे निष्कर्षसहित सरकारले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।  संसद्को चालु अधिवेशन गएको मङ्सिर २८ गते सुरु भएको थियो । यो अधिवेशनमा अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित हुनुबाहेक अरू महत्त्वपूर्ण काम हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे