देउखुरीको कटेशनालामा नम्बर नखुलेको गाडीको ठक्करबाट एक पैदलयात्री घाइते



देउखुरीको कटेशनालामा नम्बर नखुलेको गाडीको ठक्करबाट एक पैदलयात्री घाइते

भालुवाङ ३० फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका १ कटेशनालामा नम्बर नखुलेको गाडीको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् ।

आज राति करिव ९:३० बजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही भालुवाङ सडक खण्डको कटेशनालामा नम्बर नखुलेको गाडीको ठक्करबाट पैदल हिडिरहेका दाङ घर बताउने अन्दाजी वर्ष ५२/५३ का प्रमोद शाह रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिएका छन् ।

घाइते शाहको भालुवाङ स्थित राप्ती सेवा पोलिक्लिनीमा सामान्य उपचार पछि थप उपचारका लागि लमही पठाइएको प्रहरी निरिक्षक भट्टले जानकारी दिएका छन् ।

घाइतेको टाउकोमा गहिरो चोट लागेको र रगत धेरै बगेको छ । ठक्कर दिने गाडीको खोजी कार्य तिव्र पारिएको प्रहरी निरिक्षक भट्टले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे