एमसीसीमा व्याख्यात्मक टिप्पणीको कुनै औचित्य छैन : महामन्त्री मोहनविक्रम



एमसीसीमा व्याख्यात्मक टिप्पणीको कुनै औचित्य छैन : महामन्त्री मोहनविक्रम

घोराही ३० फागुन। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले गणतन्त्र र धर्मनिरपेक्षता अहिले पनि खतरामा रहेको बताए । प्रगतिशिल पत्रकार संघ दाङले सोमबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री सिंहले केपी शर्मा ओली र राजावादीको तर्फबाट गणतन्त्र र धर्मनिरपेक्षता खतरामा रहेको बताएका हुन् ।

संसदीय प्रणालीबाटै प्रतिगमन शुरु भएको भन्दै उनले त्यसैका लागि पाँच दलिय गठबन्धनलाई कायम राख्नु परेको स्पष्ट पारे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाई बहुमतका साथ फेरी सरकारमा आउछौ भन्नु, प्रतिगमन कै खतरा हो उनले भने ।, त्यसका लागि पनि ओलीको योजना असफल पार्न चुवानी गठबन्धन गर्ने योजना बनाएका छौं। चुनावी तालमेलको टुंगो अझै नलागेको भन्दै उनले आँफुहरु सबै तहमा प्रतिस्पर्धा गर्न सक्षम रहेको समेत दावी गरे ।

अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रघात भएको भन्दै उनले १२ बुँदे व्याख्याको कुनै औचित्य नभएको टिप्पणी गरे । एमसीसी पास गरेको बिरोध र असहमती कै कारण गठबन्धनबाट बाहिरीए पनि सत्तामा ओलीलाई आउन नदिन सरकारलाई समर्थन जारी राखेको उल्लेख गरे । यदि सरकारबाट फिर्ता भए गण्डकी र लुम्बिनी प्रदेश सरकारमा असर पर्छ र ओलीलाई साथ दिनुपर्ने अवस्था आउने भएका कारण सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए ।

जनमोर्चाबाट हालै छुट्टीएको समूहलाई उनले गतल बाटोको यात्री भएको संज्ञा दिए । उनीहरुको कुनै राजनीतिक आधार नभएको भन्दै भ्रममा परेर हिडेको आरोप लगाए । संघका अध्यक्ष महेश रिजालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजिकरण कृष्ण आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे