देउखुरीको गढवामा अवधी संग्रहालयको शिलान्यास



देउखुरीको गढवामा अवधी संग्रहालयको शिलान्यास

गढवा ३० फागुन । दाङ देउखुरीको गढवामा अवधी संग्रहालयको शिलान्यास गरिएको छ । नेपाल अवधी संस्कृति संरक्षण प्रतिष्ठानको आयोजनामा सोमवार संग्रहालयको शिलान्यास गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष रामगोपाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले उक्त संग्रहालयको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले लोपोन्मुख कला संस्कृतिको संरक्षण,सम्वर्धन र उन्नयन गर्न यस संग्रहालयको महत्व रहने भन्दै यदुबंशी समुदायका ऐतीहासीक,पुरातात्वीक,धार्मक तथा परम्परागत संस्कृति झल्कीने सामाग्रीहरु यस संग्रहालयमा रहनुपर्ने बताए ।

गढवामा एक नमूना योग्य संग्रहालय बनाउन नेपाल अवधी संस्कृती संरक्षण प्रतिष्ठानले भूमिका खेलोस स्थानीय सरकारको तर्फबाट हामी समन्वय र सहकार्य गर्ने उनले बताए ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमाल, वडा सदस्य श्रीराम यादव, प्रतिष्ठानका उपाध्यक्ष गिता यादव, पण्डित सतगुर यादव लगायत प्रतिष्ठानका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

लुम्बिनी प्रदेश सरकारको कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको कुल १० लाख र स्थानीय समुदायको १ लाख ९२ हजार गरि कुल ११ लाख ९२ हजारको लागतमा उक्त भवन निर्माण गर्न थालिएको प्रतिष्ठानले जनाएको छ ।

हाल २ कोठा भवनको प्राबिधिक स्टिमेट भएको र निकट भबिश्यमा यस संग्रहालय प्राङ्गणमा शिव मन्दिर, सिमसार संरक्षणका लागि तलाउ तथा पोखरी, पार्क तथा अन्य आकर्षक सजावट सहित सुन्दर र रमणीय धार्मिक स्थलको रुपमा बिकास गर्ने योजना रहेको प्रतिष्ठानका अध्यक्ष रामगोपाल यादवले जानकारी दिए । शिलान्यास कार्यक्रमको संचालन प्रतिष्ठानका महासचिव रामकुबेर यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे