इच्छुक स्मृति कृषि सहकारीको साधारणसभा तथा अधिवेशन सम्पन्न



इच्छुक स्मृति कृषि सहकारीको साधारणसभा तथा अधिवेशन सम्पन्न

लालमटिया ३० फागुन । राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापाले कृषि सहकारीलाई कृषक सँग जोड्न सुझाव दिनु भएको छ । 

इच्छुक स्मृति कृषि सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका २ लालमटियाको १३ आैँ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनको सोमबार लालमटियामा उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

संस्थाका उपाध्यक्ष जोहोरमान मियाँको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्दै प्रमुख अतिथि थापाले पछिल्लो समय सहकारीमा देखिएको समस्या र असन्तुष्टिलाई मेटाउन कार्यसमितिले समाधान गर्न सक्नुपर्ने बताएका छन् ।

सभामा वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव बेदुलाल सुवेदी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष मेनुका शर्मा र लेखा प्रतिवेदन लेखा समितिका संयोजक कृष्णप्रसाद पाैडेलले प्रस्तुत गरेका थिए ।

संस्थाका रमेशमान गुरूङको स्वागत मन्तव्यबाट सुरू भएको सभामा समाजसेवी तथा बुद्धिजीवी प्रकाश शाही, सल्लाहकार पदम रिजाल, गिरिराज पाैडेल, युवराज न्याैपाने, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ता, शेयर सदस्य कृष्ण गिरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव बेदुलाल सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे