दाङमा सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुँदै



दाङमा सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुँदै

दाङ २० माघ । दाङमा सर्वाधिक पुरस्कार राशीको दाङ क्रिकेट लिग टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । दाङ जिल्ला क्रिकेट संघको बुधबार बसेको कार्यसमिति बैठकले चैतको तेस्रो सातामा दाङ क्रिकेट लिग आयोजना गर्ने निर्णय गरेको हो ।

घोराही क्रिकेट मैदानमा हुने प्रतियोगितामा पहिलो संस्करणमा ५ टिमलाई सहभागी गराउने निर्णय भएको अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनुभयो । ५ टिमका खेलाडीहरुको छनोट अक्सनबाट गरिने पनि उनले बताए ।

दाङमा क्रिकेटको विकासका लागि यो लिग गर्ने निर्णय गरिएको अध्यक्ष मजगैयाँको भनाई रहेको छ । प्रतियोगिताको विजेताले  र उप विजेताले १ लाख नगद पुरस्कार पनि प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगिताको तयारी शुरु भइसकेको दाङ क्रिकेट संघले जनाएको छ । प्रतियोगिताका लागि घोराही मैदानमा ३ वटा नयाँ पिच पनि निर्माण गरिने छ । प्रतियोगिता चैतको तेस्रो साता देखि गर्ने योजना बनाए पनि कोरोना महामारीको प्रभावका कारण मिति केही तल माथि हुन सक्ने पनि बताइएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि कम्तिमा २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता तयारिको लागि सचिब सन्जु केसिको संयोजकत्वमा ५ सदस्यीय तयारि समिति समेत गठन गरिएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे