दाङमा अनलाइन नेटवर्किङ मार्फत ठगी गर्ने ३ जना पक्राउ



दाङमा अनलाइन नेटवर्किङ मार्फत ठगी गर्ने ३ जना पक्राउ

दाङ १९ माघ । दाङमा अनलाइन नेटवर्किङ मार्फत ठगी गर्ने ३ जना पक्राउ परेका छन् । पछिल्लो समय हाईपर, इन्स भिडियो पुस, ब्लक यरीया, साफिर लगाएतका नेटवर्क मार्फत पैसा लगानी गर्नेहरु बढ्दै गएका छन् ।

निश्चित रकम जम्मा गरे दैनिक निश्चित डलर आउने भन्दै पछिल्लो समय त्यस तर्फ पैसा लगानी गर्नेको संख्या निकै धेरै रहेको छ । यसैक्रममा आफु ठगिएको भन्दै एक जनाले प्रहरीमा उजुरी गरेपछि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

प्रहरीले निबेदन दिने र पक्राउ पर्नेहरुको नाम गोप्य राखेको छ । कानुुनले यस्ता नेटवर्कीङ कारोबारलाई मान्यता दिएको छैन् । तर नागरिक स्तरमा भने थोरै लगानी गरेर धेरै रकम छिटो कमाउने भ्रमले गर्दा यो कारोबार मौलाउदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे